काठमाडौं / मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत एक करोड ७३ लाख रुपैयाँ लिएर भागेका छन् । तीन वर्षयता लेखा अधिकृतका रुपमा कार्यरत रिठ्ठे दर्जी मंसिर २५ गतेदेखि सम्पर्कविहीन छन्।
प्रमुख मालपोत अधिकृत लालकृष्ण पौडेलकाअनुसार आन्तरिक लेखापरीक्षणमा रकम बेरुजु देखिएको छ। मंसिर ६ गते आन्तरिक लेखा परीक्षणको कार्यालयले रकम दाखिलाको पत्र पठाएको थियो ।
पौडेलका अनुसार त्यही दिन मालपोतले दर्जीको नाममा एक हप्ताभित्र रकम दाखिला गर्न भन्दै पत्र काटेको थियो। दर्जीले दुई दिन बिदा लिएर मंसिर २४ गते कार्यालमा आएर सबै पैसा आफैँले खर्च गरेको र तिर्न नसकेको खण्डमा कानुनअनुसार कारवाही भोग्न तयार छु भनेर सनाखत गरेर जानुभएको छ।’
पौडेलका अनुसार उक्त सनाखत पत्रमा अन्य कुनैको संलग्नता नरहेको र होसहवासमै आफैले खर्च गरेको समेत स्पष्ट पारेका छन्। ‘तर, मंसिर २५ गतेबाटै सम्पर्कमा नआएपछि दर्जीको खोजी भइरहेको छ।’ उनले भने। अन्नपूर्ण पोस्ट


















