रानीपोखरीमा फुटबल खेल्दै नेविसंघ

97

काठमाडौं /  नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताहरुले रानीपोखरी भित्र फुटबल खेलेका छन् ।

विभिन्न विवाद र असमझदारीका कारण भूकम्पले क्षति पुर्‍याएको रानीपोखरीको रानीपोखरी पुनर्निर्माणमा भइरहेको ढिलाईको संकेतिक विरोध जनाउँदै फुटबल खेलेका हुन् ।

राजधानीको मुटुमा अवस्थित पुरातात्त्विक महत्त्वको रूरुपमा रहेको रानीपोखरी पुनर्निर्माणमा भइरहेको ढिलाइका कारण नेविसंघले भत्किएको यतिका वर्ष बितिसकेपनि पुनर्निर्माणको प्राथमिकतामा नपरेको भन्दै विरोध जनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here