काभ्रे / भूकम्पबाट क्षतिग्रस्त जिल्लाका ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा सुस्तता देखिएको छ । भूकम्पबाट जिल्लाका ६८ ऐतिहासिक सम्पदा क्षतिग्रस्त भएका थिए ।
पुरातत्व विभागको तथ्याङ्क अनुसार हाल २३ मन्दिर र पाटी (सत्तल) निर्माणाधीन अवस्थामा छन् । दाप्चास्थित भीमसेन मन्दिरको सत्तलको निर्माण सम्पन्न भएको छ । विभागका अनुसन्धान अधिकृत मोहनसिं लामाले सम्पदा पुनःनिर्माणका लागि बजेट ढिला निकास हुनु तथा दक्ष कालीगढको अभावले सम्पदा निर्माणमा ढिलाइ भएको जनाउनुभयो ।

















