लिज घोटालाको छानबिन गरि लिज खारेजीको माग राख्दै संयुक्त युवा/विद्यार्थी संगठनद्वारा सरकारलाई ध्यानाकर्षण

223

महेन्द्रनगर / संयुक्त युवा तथा विद्यार्थी संगठनले नगर विकास समितिले विभिन्न समयमा आफूले पाएको पद र जिम्मेवारीको दुरुपयोग गरेर गरेका निर्णयहरुको खारेजीको माग गरेको छ ।

नगरविकास समितिले अवैध रुपमा वितरण गरेको घडेरी र त्यसमा बनेका अवैध संरचना भत्काउनु पर्ने माग राख्दै संगठनले आज सिठि जुलुस निकालेको छ । ४ बजेदेखि सुरु गरिएको सिठि जुलुसले महेन्द्रनगर बजार परिक्रमा गर्दै नगर समितिको निर्णयप्रति विरोध जनाएको थियो ।

भवन निर्माण आचारसंहिताको ठाडो उल्लंघन गर्दै भुमाफियाहरुले घर निर्माण गरिरहेको साथै  अवैध ढङ्गले लालपूर्जा वितरण गरिरहेको हुँदा सिठि जुलुसमार्फत लिजप्रकरण को चौतर्फी बिरोध गर्दै सरकारलाई ध्यानाकर्षण गराएको हो  ।

यसअघि संगठनद्वारा मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको थियो भने हिजो जिल्ला प्रशासन कार्यालय अगाडि एक घन्टा धर्ना बसेको थियो ।

संगठनले  खाली गरिनुपर्ने,महेन्द्रनगर बजारको सुन्दरता बिग्रिने गरी गुरु योजना विपरीत बनाइएका भौतिक संरचना भत्काउनुपर्ने माग गर्दै आइरहेको छ ।

कञ्चनपुरमा भूमाफियाहरुले लिजको नाममा सरकारी जमिनमा कब्जा जमाएको भन्दै नेकपा ( क्रान्तिकारी माओवादी ) को भातृ संगठन अनेरास्वबियु ( क्रान्तिकारी ) का केन्द्रिय सदस्य केशब साउदले सरकारले अवैध संरचना तत्काल नभत्काए संगठनले आफै भत्काउने चेतावनी दिनु भएको छ ।

सरकारी जमिनलाई लिजमा दिएर नगर विकास समितिले भूमाफियाकरणमा सघाएको आरोप लगाउदै आएको विद्यार्थी संगठनहरुले सरकारले  लिजप्रकरणबारे ध्यान नदिएकोप्रति घोर आपत्ति जनएको छ ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here