प्रधानसेनापति भ्रमणको लागि भारत प्रस्थान

254

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा आज भारत प्रस्थान गर्नुभएको छ  । मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा आज ७ सदस्यीय भ्रमण दलसहित आज मित्रराष्ट्र भारत तर्फ प्रस्थान गर्नु भएको भारत प्र्रस्थान गर्नुभएको हो ।

भारत भ्रमणको क्रममा प्रधानसेनापति महारथी श्री थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उहाँलाई बलाधिकृत रथी श्री हेमन्तराज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नु भएको थियो । प्रधानसेनापतिको नियुक्ति पश्चात् पहिलो पटक हुन लागेको भारत भ्रमणको सिलसिलामा प्रधानसेनापति महारथी थापालाई मिति २०७५ पौष २८ गते भारतका महामहिम राष्ट्रपति श्री राम नाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको क्रममा प्रधानसेनापति महारथी थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावत, रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट तथा South-Western Command जयपुर र Central Command लखनऊको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रधानसेनापति महारथी थापाको भारत भ्रमणको अवधिभर उहाँको अनुपस्थितीमा बलाधिकृत रथी हेमन्तराज कुँवरले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । उक्त भ्रमण सम्पन्न गरी प्रधानसेनापति महारथी थापासहितको उच्चस्तरिय भ्रमणदल मिति २०७५ माघ ०२ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here