काठमाडौँ, डेढ वर्ष अघी गठन भएको विवेकशील साझा पार्टी विभाजन भएको छ । पार्टीका वैचारिक दृष्टिकोणमा असहमति जनाउँदै नेता उज्वल थापाको नेतृत्वमा पार्टीका १६ जना निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् । ३७ सदस्यीय केन्द्रीय समिति रहेका उक्त पार्टीका संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको साटो छ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भङ्ग गर्ने र महिला तथा युवा सङ्गठन बनाउने सिफारिस गरेको थापा पक्षको आरोप छ । यसैबीच विवेकशील साझा पार्टीले उज्वलबहादुर थापाको नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनु दुःखद् भएको जनाएको छ ।
पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले विज्ञप्ति जारी गर्दै लाखौँ नेपाली नागरिकले आशा र विश्वासका साथ पार्टीलाई हेरेको परिस्थितिमा उक्त घटना दुर्भाग्यपूर्ण भएको जनाएका छन् ।
यही पुस ३० गते हुन लागेको केन्द्रीय समितिको बैठकको तयारी गरेको अवस्थामा केही केन्द्रिय सदस्यले छुट्टै दल दर्ताका लागि निवेदन दिएको घटनाले पार्टीलाई आश्चर्यचकित बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


















