आफ्नै श्रीमतीमाथि धारिलो हतियार प्रहार

196

डोटी / आफ्नै ३६ वर्षीया श्रीमती मिना नेपालीलाई धारिलो हतियार गैंती प्रहार गरी हत्या गरेको अभियोगमा दिपायल सिलगढी नगरपालिका-३ सुनार टोल बस्ने तिखे भन्ने कृष्ण नेपालीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनले श्रीमतीलाई गैंती प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डोटी र ईलाका प्रहरी कार्यालय दिपायलबाट संयुक्त रुपमा खटिएको प्रहरीले कृष्ण नेपालीलाई पक्राउ गरेको हो ।

घाइते अवस्थमा फेला परेकी मिनाको तत्काल उपचारको लागि नेपाल प्रहरी अस्पताल दिपायलतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here