काठमाडौं । आर क्याम्पसको स्नातक नयाँ सत्रको बिए प्रथम बर्षको भर्ना तालिकामा नेपालभाषा विषय हताइएको छ ।
यस बर्ष नेपालभाषा विषय लिएर अध्ययन हुन चाहने विद्यार्थीको संख्या कमी भएको जनाउँदै नेपालभाषा विषय हताइएको हो ।
कुनै जानकारी नदिइ क्याम्पस प्रमुखको रोहबरमा नेपालभाषा कक्षा अध्यापन रोकेकाे बारेमा क्याम्पस प्रशाशनलाई यस बिषयमा नेपालभाषा हटाइएको बारेमा जानकारी लिदा यस बर्ष दुई तिन जना मात्रै विद्यार्थीहरु भर्ना भएकाले नयाँ सत्रमा नेपालभाषा कक्षा नभएकाे जनाए ।
रत्न राज्यलक्ष्मी क्याम्पसले नेवाः विद्यार्थी युनियनलाई कुनै जानकारी नदिइ बिए. तहमा नेपालभाषा विषय हताइएकोमा तथा खेद प्रकट गरेका छन् । यस विषयमा सम्पूर्ण नेवार समुदायको संघ, संस्था सरोवाला पक्षहरुले बेलैमा ध्यान पु¥याएर कक्षा पुनः रुपमा सञ्चालन गर्नुपर्ने जनाए ।
क्याम्पस प्रशासनले नेपालभाषा विषय लिएर अध्ययन गर्ने विद्यार्थीहरु पाँच जना भएमा कक्षा सञ्चालन गर्ने आश्वासन दिएता पनि कक्षा हुने नहुने नहुने निश्चत छैन क्याम्पस प्रशासनले त्रिवि मापदण्ड अनुसार दशै जना विद्यार्थी भएपछि मात्रै कक्षा सञ्चालन गरिने अडान कायमै छ ।
यस भन्दा पहिला पनि बिए. तहमा नेपालभाषा विषय अध्यापन पहिला भएको भएता पनि विद्यार्थी नभएको जनाउँदै विषय हटाइएको थियो । करिब ५ /६ बर्ष अगाडि मातृभाषाणुरागी विद्यार्थीको विशेष पहलमा नेपालभाषा विषय अध्यापन पुनः सञ्चालन भएकाे थियो । तर अहिले क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा नेपालभाषा विषय अध्यापन भइरहेको छ । बिए. तहमा नेपालभाषा विषयको अध्यापन नभएमा यसको प्रत्यक्ष प्रभाव स्नातकोत्तर तहमा प्रभाव पर्ने शिक्षकहरुले नेपालभाषा अभियान्ताहरु चिन्ता व्यक्त गरेका छन् ।
प्रदेश नं. ३ मा प्रादेशिक भाषा ऐन पारित हुने बेलामा नेपालभाषा विध्यार्थी जनशक्ति धेरै आवश्यक पर्ने अवस्थामा भर्ना हुने नभएको कारण जनाउँदै प्रशाशनले रोकेको अर्थपूर्ण रहेको जनाए छ ।
















