समाचार लेखेको आधारमा धम्की : क्रान्तिकारी पत्रकारको विरोध

186

काठमाडाैं – गाँउपालिका अध्यराहत वितरणमा पनि राजनीति गर्दै, वास्तविक पीडितले राहत पाएनन्’ शीर्षकको समाचारको विषयलाई नेपाल पत्रकार महासंघ ललितपुरका सह सचिव एवं हाम्रो अनलाइन र छापामार साप्ताहिकका सञ्चालक तथा प्रधानसम्पादक समेत रहेका महतरालाई स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले आफ्ना नजिकका रोशन शाहीलगायतलाई लगाएर फोनमार्फत् धम्क्याउने र सामाजिक सञ्जालमा जथाभावी लेखी चरित्र हत्या गर्न खोजिएको उनले बताएका छन् ।क्रान्तिकारी पत्रकार महासंघका महासचिव राम कुमार श्रेष्ठले विज्ञप्ति जारी गरी संगठनका सचिव समेत रहेका महतरामाथि धम्की दिएकोमा भत्र्सना गरेका छन् ।

समाचारमा चित्त नबुझे सोही मिडियामा खण्डन छपाउने, त्यो सम्भव नभए प्रेस काउन्सील लगायत उजुरी गर्ने निकायहरु तथा माध्यमहरु हुँदा हुँदै मध्येरातमा फोन गरेर तथानाम गालीगलौज गर्ने, धम्क्याउने र चरित्र हत्या गर्ने कार्यको हाम्रो संगठन घोर भत्र्सना र कडा शब्दमा निन्दा गर्दछ । साथै, उक्त घटनाको सत्यतथ्य छानबिन गरी घटनामा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न हाम्रो संगठन जोडदार रुपमा माग गर्दछ । विज्ञप्तिमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here