काठमाडौं / प्रदेश २ मा प्रदेश सरकारले सचिवमाथि कुटपिट गरेको विषयमा छानबिन समिति गठन गरेको छ।
आइतबार बसेको प्रदेश २ को मन्त्रिपरिषद् बैठकले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपीट गरेका विषयमा छानबिन गर्दै प्रतिवेदन तयार गर्न समिती बनाएको हो।
बैठकले आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । जसमा आन्तरिक मामिला तथा योजना मन्त्रालयका प्रमुख सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य छन् ।
उक्त समितिले दिएको प्रतिवेदनको आधारमा कारबाही गर्ने मुख्यमन्त्री लालबाबु राउतले जनाएका छन् ।


















