अझै १० वर्ष सक्रिय राजनीति गरेर मुलुकलाई समृद्ध बनाउने प्रचण्डको उद्घोष

193

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफूले जनयुद्धको नेतृत्व गरेको, संविधान निर्माणको नेतृत्व गरेको उल्लेख गर्दै अबको १० वर्ष मुलुकलाई समृद्धि बनाउने अभियानको नेतृत्व आफूले गर्ने जनाएका छन् ।

देशभक्त गणतान्त्रिक मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले हरेक १० वर्षमा मुलुकमा ठूलाठूला परिवर्तन भएको जनाउँदै आर्थिक समृद्धिको नेतृत्व आफूले गर्ने जनाए ।

दाहालले जनताको अपेक्षाअनुसार आगामी १० वर्ष मुलुकलाई नेतृत्व गर्ने अवसर नेपाली जनताले आफूलाई नै दिने विश्वास पनि व्यक्त गरे । अझै १० वर्ष सक्रिय राजनीति गरेर मुलुकलाई समृद्ध बनाउने योजना आफ्नो रहेको उनले जनाए । मुलुक समृद्धिको महाअभियानमा अघि बढेको उल्लेख गर्दै उनले त्यसमा साथ दिन सबैमा आह्वान गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here