बालिका भारत लगेर बेच्ने पक्राउ, एउटा बालिका रु ६ लाखसम्म बेचेको खुलासा

208

काठमाडौं / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न सन्तोष राईलाई पक्राउ गरेको छ ।

राईले राम्रो काम लगाइदिने प्रलोभन देखाइ नेपाली बालिकालाई भारतको नयाँदिल्लीस्थित जिबि रोड पु¥याई जबरर्जस्ती बेश्यावृत्तीमा संलग्न गराउने गरेको अभियोग छ ।

ब्यूरोको टोलीले राईलाई सुनसरीबाट पक्राउ गरी आवश्यक कारवाहीको प्रक्रिया अघि बढाएको छ । अभियुक्तले नेपालको सीमा पार गराई भारतीय बेश्यालयमा पु¥याउने र प्रत्येकलाई नेपाली रु छ लाखसम्म बेच्ने गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको ब्यूरोले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here