नेपाल भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न

370

काठमाडौं/काठमाडौंको प्रर्दशनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपाल भाषाका स्नातक तह पहिलो बर्ष र दोस्रो बर्षका विद्यार्थी र शिक्षकहरुबीच परिचयात्मक तथा कक्षा संचालन बारे अन्तर क्रियात्मक कार्यक्रम गत पौष २४ गते आर.आर नेपालभासा ब्वनामि पुचः २०७५ काे आयाेजनामा सम्पन्न भयो ।

प्रमुख अतिथिको रुपमा नेपाल भाषा केन्द्रीय विभाग पाटनका पूर्व प्रमुख तथा कलेजकै नेपाल भाषा शिक्षक डा. चन्द्रमान बज्राचार्य हुनु हुन्थ्यो । बज्राचार्यले प्रमुख अतिथिको आशनबाट बोल्दै आजभन्दा तीनचार बर्ष पहिले क्याम्पसमा विद्यार्थीहरुको अभावले आफ्नो विशेष कामको लागि नेपाल भाषा केन्द्रीय विभाग पाटनमा मेरो नितान्त आवश्यक भएकोले कागज गरी छोडेर गएदेखि नेपाल भाषाको कक्षा पठनपाठन ठप्प भएको जानकारी गराउनु भयो । नेपाल भाषामा विद्यार्थी आकर्षित गर्ने हो भने छुट्टैढंगबाट जानुपर्ने तथा फोनवार्ता  मार्फत कक्षा संचालनका बिषयमा क्याम्पस प्रशासन सकारात्मक रहेको जानकारी पनि उहाँले गराउनु भयो ।”

अतिथिको रुपमा नेवाः बस्ति नेवाः अभियानका संयोजक दिपक तुलाधरले मातृ भाषा अध्ययन व्यापारिक आर्थिक रुपबाट फाइदा बेफाइदाको निम्ति नभई हाम्रो पहिचान र अस्तित्व बचाउनका लागि भएपनि पढ्नै पर्ने विषय भएको उल्लेख गर्नु भयो । मातृभाषा अभियानमा हातेमालो गरी युवा विद्यार्थीहरु यस अभियानमा सव्रिmय रुपमा रुचि देखाउनु अत्यन्तै राम्रो रहेको जनाउनु भयो ।”

निःशुल्क रुपमा अध्यापन सेवा दिइरहेका शिक्षक मदनसेन बज्राचार्यले शिक्षक व्यवस्थापन पक्षमा र कक्षा संचालनको विषयमा सम्पूर्ण विद्यार्थीहरुले ध्यान दिनुपर्नेमा जोड दिनु भयो । उहाँले बद्लिदो परिवेशमा नेपाल भाषा पढेर के फाइदा भन्ने प्रश्न चिन्ह आज जनमानसमा खडा हुँदै गएको छ । जसरी बाल्यकालमा छोराछोरीहरुलाई पालनपोषण, हेरचाह, गरी हुर्काएका बृद्धबृद्धा आमाबुबाहरुलाई हेरचाह गरेर केनै फाइदा हुन्छ र दुखः हुने बाहेक केही हुँदैन । भने जस्तै नेपाल भाषा प्रति पनि धारणा बनेको देखिएको जनाउनु भयो । के त्यसो भए बृद्ध मातापितालाई वास्ता नगर्ने त ? यसरी नै हाम्रो मातृ भाषाको पनि छुट्टै महत्व रहेको छ । कम्तिमा पनि बि.ए. अध्ययन गर्न चाहने विद्यार्थीहरुले ऐच्छिक विषयको रुपमा अध्ययन गरी नेपाल भाषा लिएर अध्ययन गर्दा अझै बढी पढाई राम्रो हुने धारणा राख्नु भयो ।”

अभियानमा सक्रिय  रुपमा अध्यापन सेवा दिइरहनु भएका शिक्षिका श्रीमिला सुवालले हाम्रो कला, संस्कृति, भाषा, साहित्य र महिमा नभएमा हाम्रो अस्तित्व नै समाप्त हुने जनाउँनु भयो । भाषा बचाउँनका लागि आ—आफ्नो क्षेत्रमा योगदान दिदै जानु पर्नेमा उहाँले जोड दिनु भएको थियो ।

नेपाल भाषा सेभिङ्ग एजुकेशन मुभमेन्टका युवा अभियन्ता मनिसकुमार श्रेष्ठले नेपाल भाषाको एतिहासिक महत्व र व्यवहारिक महत्व नेपालको राष्ट्रियतासित सम्बन्धित रहेको धारणा राख्नु भयो ।

अभियानका सभाध्यक्ष रिदेन महर्जनले नेपाल भाषा बिषय स्नातकोत्तर, स्नातक पास गर्नका निम्ति मात्र पढ्ने विषय नभई यसको महत्वबारेमा सम्पुर्ण मातृभाषाप्रेमि विद्यार्थीहरुले जानकारी लिनु पर्नेमा जोड दिनु भयो । उहाँले आ—आफ्नो क्षेत्रबाटै विशेष पहल गर्नु पर्ने धारणा राख्दै सम्पूर्ण विद्यार्थीहरु एकजुट हुनै पर्नेमा जोड दिनु भयो । कार्यक्रमको संयोजन तथा संचालन प्रशान्त डंगोलले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here