काठमाडाैं / नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टी विरुद्ध कपोलकल्पित र असाध्यै भ्रामक समाचारहरू प्रसारण गर्ने पत्रकारहरुमाथि निगरानी बढाएको छ ।
उक्त पार्टीका एक केन्द्रिय सदस्यका अनुसार पछिल्लो समय सरकारी ढुकुटीमा ब्रम्हलुट मच्याउदै आएका संचार माध्यम र पत्रकार आवरणका दलाल र सुराकीहरु प्रयोग गरेर नेपाल कम्युनिस्ट पार्टीमाथि गोयबल्स शैलीले बिष बमन गरिरहेका छन, जुन स्वयम् ति संचार माध्यम र पत्रकार आवरणका दलाल र सुराकीहरुमाथि आत्मघाती हुने निश्चित छ ।
‘नेपाल कम्युनिस्ट पार्टीमाथि भ्रामक , कपोल कल्पित र निन्दनीय समाचार लेख्ने र छाप्ने गरेका छन, अब ति समाचारको सत्य तथ्य नपाली जनता सामु स्पष्ट गर्नु पर्छ, अन्यथा ति संचार माध्यम र पत्रकार आवरणका दलाल र सुराकीहरुसंग नपाली जनताले हिसाब किताब माग्नेछन र त्यसको स्पष्ट गर्न नसके सचेत नपाली जनताले कारबाही गर्ने छन ‘ ति केन्द्रिय सदस्य ले भने।
उनले पछिल्लो समयमा विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका विरुद्ध कपोलकल्पित र असाध्यै भ्रामक समाचारहरू प्रसारण भइराखेका छन् । केही दिनअघि मात्र रातो पार्टी अनलाइनले प्रकाण्डलाई विप्लवले धम्काए, नेकपामा गुट आदिइत्यादि समाचार छापिएको थियो । उक्त समाचारको नेकपाका केन्द्रीय कार्यालय सचिव ध्रुवले खण्डन गरेक जनाउदै माघ ४ गते पुन १२ खरी नामक एक अनलाइनले ‘विप्लव र प्रकाण्डबीच फाटो, हतियार किन्न भारतमा ३ करोड !’ शीर्षकमा अर्को भ्रामक समाचार छापेको मा आक्रोश व्यक्त गरे ।’
पछिल्लो क्रममा केपी वली सरकारले विभिन्न योजना बनाएर उक्त पार्टीका नेताहरूलाई धमाधम गिरफ्तार गराएको थियो । देशका विभिन्न जिल्लाहरूमा झूट्टा मुद्दा लगाएर घुमाएको थियो । त्यसक्रममा प्रकाण्डलगायत केन्द्रीय तहका ११ जना नेताहरू र सयौँ कार्यकर्तालाई गिरफ्तार गरिएको थियो । उक्त दमनका बीचमा नेकपाले पार्टी पुनर्गठन दिवस पारेर गत मङ्सिर ८ गते काठमाडौँमा विशाल प्रदर्शन तथा सभा सम्पन्न गरेको थियो ।
यसरी नेकपाप्रति जनताको समर्थन बढ्दै जानु र सरकारप्रति वितृष्णा हुनुले सत्तासीन नेताहरू आत्तिन पुगेको ठोकुवा गर्दै अहिले पार्टीलाई कमजोर पार्न र जनतामा अनावश्यक र असत्य भ्रम फैलाउन योजनाबद्ध तरिकाले सरकारका नजिक रहेका केही सञ्चारमाध्यमहरूको प्रयोग गरेर हुँदै नभएका समाचारहरू प्रसारण गरेको उनको दाबी छ ।


















