काठमाडौं । विभिन्न मुलुकका विदेशी नागरिकहरुले नेपाली बालकहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी बाल यौन दुराचारी IAIN ROBERT COLE पक्राउ परेको छ ।
नेपाली बालकहरुलाई पिडित बनाउने गरेको भन्ने बिषेश सूचनाको आधारमा जिल्ला काठमाण्डौ, का.म.न.पा वडा नं १३ कालिमाटी रविभवन स्थित एक भवनको चौथौ तल्लामा भाडामा लिई बस्ने बेलायती नागरिक IAIN ROBERT COLE लाई कानुन बमोजिम पक्राउ गरी ३ जना नेपाली पिडित बालकहरु समेत सोही कोठाबाट तत्काल उद्दार गरिएको र निज लगायत सो कार्यमा सहयोग गर्ने अन्य २ नेपालीलाई समेत बाल यौन दुरुपयोग र अप्राकृतिक मैथुन अपराध मुद्धा अन्तर्गत अनुसन्धान कार्य जारी रहेको प्रहरीले बताएको छ ।
पक्राउ ब्यक्तिको विवरण
नाम थर:- IAIN ROBERT COLE
उमेर:-५० वर्ष , स्थायी ठेगाना:-UNITED KINGDOM
राहदानी नं. :- 511123659
पक्राउ मिति :- २०७५/१०/०५ गते

















