रवि लामिछानेको बिहे गर्ने निर्णय ! आज विवाह दर्ता-बैसाखमा परम्परागत रुपमा बिहे गर्ने

339

काठमाडौं / गत मंसिरमा अमेरिका बस्दै आएकी जेठी श्रीमती इशासँग कानुनी रूपमा डिभोर्स भएको खबर बाहिर आएपछी अझै बढी चर्चामा आएका चर्चित पत्रकार रवी लामिछाने र चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलले आफुहरु बिहे गरेको खबर सार्वजनिक गरेका छन् ।

केही समय पहिले निकिताले आफूहरु राम्रो साथी मात्र भएको जनाएकी थिइन् । तर आज रवि लामिछानेले आफूहरु अदालतमा विवाह दर्ता गरेको सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।

रवि लामिछानेकोको फेसबुक स्टयाटस जस्ताको त्यस्तै

व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ।एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ।यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो। हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद। परम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छौ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here