चौध करोड राजश्व सङ्कलन

415

सुर्खेत / जिल्ला मालपोत कार्यालयले चालू आर्थिक वर्ष २०७५÷७६ को ६ महीनामा रु १४ करोड १६ लाख राजश्व सङ्कलन गरेको छ ।

वार्षिक रु २२ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य रहेको कार्यालयका मालपोत अधिकृत लक्ष्मी खत्रीले जानकारी दिनुभयो । सबैभन्दा बढी घर जग्गाको रजिष्ट्रेसनबाट रु नौ करोड ८० लाख राजश्व सङ्कलन भएको छ । रातो पूर्जा बिक्री, नामसारी, संशोधन, घर कायम, जग्गा मोल, पूर्जा प्रतिलिपि, न्यायिक दण्डजरिवाना, रोक्का, सेवा, विविध आय छुटलगायतबाट रु एक करोड ४० लाख २७ हजार राजश्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

यस्तै पूँजीगत लाभकर शीर्षकमा रु दुई करोड ९१ लाख र बेरुजु रु चार लाख ८३ हजार रहेको छ । ‘कित्ताकाट फुकुवा नभएकाले लक्ष्य अनुसारको राजश्व सङ्कलन हुन सकेको छैन,’ खत्रीले भन्नुभयो । लेखापाल धनसरा रानाका अनुसार भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीबाट तथ्याङ्क सङ्कलन, प्रविधिको ढिलाइ र बीचमा कित्ताकाट बन्द हुँदा राजश्व सङ्कलनमा कमी आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here