प्रहरीले छुटाछुट्टै घटनामा लागुऔषध सहित ४ जना पक्राउ गरिएको छ । महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले आज बिहान ०८ ३० बजेको समयमा नागढुङगा चेकपोष्टमा बिरगंजबाट काठमाण्डौ आउँदै गरेको ना५ख ६५४४ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार पर्सा पोखरीया नगरपालिका-४ का १८ वर्षीय अभिनास यादवको साथबाट अबैध लागुऔषध डाईजेपाम १०० एम्पुल, फेनरागन १०० एम्पुल र नुफिन १०० एम्पुल गरी ३०० एम्पुल लागुऔषध बरामद गरेको छ । प्रहरीले निजलाई लागुऔषध सहित पक्राउ गरी थप अनुसन्धान गरीरहेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले आज बिहान ०७स्३० बजेको समयमा नागढुङगा चेकपोष्टमा कपिलबस्तुबाट काठमाण्डौ आउँदै गरेको लु१ख ८३२३ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार काठमाण्डौ गोकर्णेश्वर नगरपालिका ७ का २२ वर्षीय विजय भारतीको साथबाट नाईट्राभेट १५० ट्याबलेट र काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका ६ का २१ वर्षीय सुदिप ठकुरी र काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका ५ का २४ वर्षीय राजु गिरीलाई पक्राउ गरेको छ । निज दुवै जनाको साथबाट अबैध लागुऔषध ७५ एम्पुल ९ डाईजेपाम, फेनरागन र नुफिन० बरामद गरेको छ । प्रहरीले निजहरूलाई लागुऔषध सहित पक्राउ गरी थप अनुसन्धान गरीरहेको छ ।



