दिनभरिको क्रियाकलापका क्रममा हामीहरूले गर्ने गल्तीले मस्तिष्कमा खराब असर पर्छ।
१ निद्राको कमी शरीर तथा मस्तिष्कको समग्र विकासका लागि पर्याप्त मात्रामा निद्रा आवश्यक छ । मस्तिष्कलाई ताजा र स्वस्थ्य राख्न दिनहुँ ७ वा ८ घण्टाको गहिरो निन्द्रा लिनुपर्छ ।
२ बिहानको नास्ता नखाने बानीस् बिहान समयमै नास्ता नलीदा लामो समय सम्म रगतमा ग्लूकोज को मात्र कमहुन पुग्छ। यसो हुँदा मस्तिष्कमा पर्याप्त पोषक तत्वहरु नपुग्दा मस्तिष्कका कोषहरु मर्न पुग्छन्।
३ औधि प्रतिक्रियात्मक हुनु स् साना(साना कुराहरुमा पनि ज्यादा प्रतिक्रियात्मक हुँदा मस्तिष्क लाई अत्याधिक तनाव पुग्दछ र यसले आफ्नो क्रिया राम्ररी गर्दैन।
४ धूम्रपान, मद्यपान र लागू पदार्थ को सेवनस् यस्ता पदार्थले मस्तिष्कको रक्त सञ्चार लगायत अन्य क्रिया हरुमा बाधा पुर्याउँछ। यस्ता पदार्थले मस्तिष्कको क्रियामा पनि असर पुर्याउँछ र मस्तिष्क संकुचित हुनका साथै मस्तिष्क कोषहरु को क्षय हुन्छ।
५ चुरोट पिउँदाखेरी हाम्रो शरीरमा अनेकौं हानिकारक रसायनहरू पस्छन्। यिनले रगत गाढा बनाउँछन् जसकारण ब्रेनमा रगतको सप्लाई घट्छ । यसबाट मस्तिष्काघातको आशंका बढ्छ।
६ गुलियोको अत्याधिक सेवन स् धेरै गुलियोको सेवनले अन्य पौष्टिक तत्वहरुको अबशोषण मा दखल दिन्छ फलतः मस्तिष्क का लागि चाहिने पदार्थ हरुको कमी हुँदा मस्तिष्क को विकाश हुन सक्दैन र यशले राम्ररी काम गर्दैन।
७ वायु प्रदुषणस् प्रदूषित वायुमा ऑक्सीजन को मात्रा काम हुने हुँदा कम ऑक्सीजन को कारण ले ब्रेन ह्यपोक्सिया हुन्छ र मस्तिष्क लाई आघात पुग्छ।
८ अनिंद्रास् निंद्रा ले मस्तिष्क लाई आराम दिन्छ। लामो समय सम्म नसुत्दा अनिन्द्राकै कारण ले ब्रेन सेल हरु मर्दछन्।
९ वैचारिक विश्लेषण नगर्ने बानी स् वैचारिक विश्लेषण नगर्दा मस्तिष्क को सम्पूर्ण क्षमता विकाश हुन सक्दैन।
१० भावनात्मक अशांति स् काम, क्रोध, लोभ, मोह, अहंकार, राग, द्धेष, मृत्युको भय, मपाईत्व जस्ता कुराले मश्तिष्का लाई जहिले पनी आघात पुर्याउँछ।
११ बिरामी हुदा पनि मष्तिष्क लाई आराम नदिनु स् बिरामी हुँदा मस्तिष्क लाई आराम नदीदा मस्तिष्क को क्रिया गडबडाउछ र मस्तिष्क लाइ आघात पुग्दैछ।
१२ प्रशस्त पानी नपिउने बानीस् पानी कम पिउँदा निर्जलतका कारण मस्तिष्क का कोष हरु मर्दछन।


















