पोखरामा १ लाख दर्शक अटाउने फुटबल स्टेडियम बनाइने

203

पोखरा/राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पोखरा रंगशालामा बनाउन लागिएको फुटवल स्टेडियम १ लाख दर्शक अटाउने क्षमताको बताउनु भयो । प्रथम सिर्जना कप कास्की जिल्ला स्तरीय सामुदायिक मावि स्तरीय छात्ररछात्रा भलिवल प्रतियोगिताको उद्घाटन गर्दै अबको ५०र१०० वर्षको लक्ष्य राखेर १ लाख दर्शक अटाउने क्षमताको फुटवल स्टेडियम बनाउनुपर्ने जानकारी दिनु भयो ।

हाल १६ हजार ५ सय दर्शक क्षमताको फुटवल स्टेडियम बनाउन लागेकोप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘बजेट पनि छ, ठाउँपनि छ तर पनि किन सानो बनाउने रु यसलाई १ लाख दर्शक अटाउने क्षमताको बनाउनुपर्छ, यदि कसैले षडयन्त्र गरेर सानो बनाउने प्रयास गरेको छ भने त्यसलाई चिरेर भएपनि ठूलो बनाउनुपर्छ ।’ उनले अब रंगशाला बनाउँदा विदेशी खेलाडी पनि अध्यासका लागि आउनसक्ने खालको पूर्वाधार बनाउनुपर्ने बताए । गण्डकी प्रदेश सांसद दीपक कोइराला ‘रुपक’ले पनि १६ हजार ५ सय दर्शक क्षमताको मात्र फुटवल स्टेडियम बनाउनु भनेको पोखरा रंगशालालाई अन्र्तराष्ट्रिय रंगशाला बनाउनबाट बञ्चित गर्नु भएको बताए ।

अहिले भनिएकै क्षमताको फुटवल स्टेडियम बनाउने हो भने पोखरा खेलकुदको अन्तर्राष्ट्रिय सहर नबन्ने ठोकुवा गर्दै उनले भने, ‘यसले अहिलेको अवस्था पनि धान्दैन, पछि यो सानो हुन्छ, यदि अहिले भनिएकै क्षमताको फुटवल स्टेडियम पोखरा रंगशालामै बनाउने हो भने अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन अर्को ठाउँ खोज्नुपर्ने हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here