काठमाडौं / नवनारी मिडिया एण्ड रिसर्च प्रा.लिद्धारा प्रकाशित नारी प्रधान मासिक पत्रिका नवनारी तथा अनलाइन संस्करण इनवनारी डट.कम. को कार्यकारी सम्पादकमा हरिराम पौडेल नियुक्त भएका छन् ।
लमजुङको मध्य नेपाल नगरपालिकामा जन्मेका पौडल विगत दुई दशक अगाडीदेखि पत्रकारितामा संलग्न छन् ।
लिस्नर्स क्लव नेपालका अध्यक्ष समेत रहेका पौडेलले अमेरिकाको इन्टरनेशन मिडिया सपोर्टबाट द्वन्द्व र पत्रकारिता तालिम लगायत स्वदेश तथा विदेशबाट पत्रकारिताको क्षेत्रमा विभिन्न तालिमहरु लिएका छन् ।
कानूनमा स्नातक र समाजशास्त्रमा स्नातकोत्रर पौडेल रोटरी क्लव अफ राजधानी, सामाजिक क्रिया संजाल नेपाल, त्रैविद्या फाउन्डेसन लगायतका संघ संस्थाहरुमा समेत आवद्ध रहेका छन् ।


















