काठमाडौं / सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई चिकित्सा शिक्षा विधेयक पास गर्न आग्रह गरेका छन्।
सभामुख महराले शान्तिपूर्ण ढंगले सदनको कारबाही अगाडि बढाउने काम गरेको जनाउँदै एकपटक प्रक्रियामा गइसकेको विधेयक अगाडि बढाउनु संसदको काम भएको जनाए।
महराले सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै भने, ुप्रतिपक्ष र सत्तापक्षसँग शान्तिपूर्ण ढंगले अगाडि बढाउने काम हुनेछ। सकेसम्म पहिले भएका नजिर नदोहोर्याउँ भनेको सोचेको छु।ु सभामुख महराले मन्त्रीलाई रोष्ट्रममा नबोलाएरै विधेयक पेश गर्न दिने नजिर सम्झाएका हुन्। उनले विगतमा हाल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सभामुख रहेको बेला सदनमा कायम भएको उक्त नजिरलाई सम्झाएका हुन्।
नेकपाका नेताहरूले उक्त तरिका अनुसार नै विधेयक पेश गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। सभामुख महराले विधेयक पेश गर्ने सरकार भएकाले हतार किन गरेकोरु भन्ने प्रश्न उसैलाई सोध्नुपर्ने जनाए। उनले प्रतिपक्षको चित्त बुझाएर आउन सरकारलाई आग्रह गरेको पनि जनाए। सभामुख महराले आफूले त्यसका लागि प्रतिपक्ष दलका नेताहरूसँग कुरा गरिरहेको जानकारी दिएका छन् ।


















