संसद बैठकअघि  प्रतिपक्षी र सत्तापक्षका नेताहरुसँग छलफल गर्दै सभामुख

188

काठमाडौं /  सभामुख कृष्णबहादुर महराले संसद बैठकअघि  प्रतिपक्षी र सत्तापक्षका नेताहरुसँग छलफल गरिरहेका छन्।

आज बस्ने संसद बैठकमा टेबुल गर्न लागिएको चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका उपनेता विजयकुमार गच्छदार, प्रमुख सचेतक बालकृष्ण खाँड, नेकपाका उपनेता सुभास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, कानूनमन्त्री भानुभक्त ढकाल, र उपसभामुख शिवमाया तुम्बाहाम्फेसँग सभामुखले छलफल गरिरहेका हुन् ।

आज दिउसो १ बजे बस्ने भनिएको संसद बैठक भने अहिलेसम्म सुरु भएको छैन । कार्य व्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएपछि संसद बैठक बस्ने जनाइएको छ ।

यसअघि संसद बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरुको विरोधका कारण चिकित्सा शिक्षा विधेयक टेबुल हुन सकेको थिएन । आज बस्ने भनिएको संसद बैठकमा पनि कांग्रेसका सांसदहरुले सरकारले ल्याएको विधेयकको विरोध गर्ने जनाएका छन् । अन्नपूर्ण पोष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here