काठमाडौं / शाही युवा शक्ति नेपालले धार्मीक ग्रन्थ श्रीस्वस्थानीको किताबमा क्रिश्चियन धर्मको वर्णन राखेर गरिएको प्रचार प्रति विरोध प्रदर्शन गरेको छ ।
श्री स्वस्थानी माताको मेला लागेको स्थान शालिनदी साँखुमा शाही युवा शक्ति नेपालले विरोध सभा गरेको हो। विरोध सभामा बोल्दै शाही युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले हिन्दुधर्म माथीको अतिक्रमण नरोकिए ,देशभरका चर्चमा आगो बाल्ने चेतावनी दिए।
माधवप्रसाद शर्मा दूधविनायक वराणसीबाट प्रकाशित स्वास्थानी ब्रतकथाको अन्त्यमा जिसस क्राइस्ट र क्रिश्चियन धर्मको खुलेआम प्रचार गरेको छ। उक्त पुस्तकमा जिसस क्राइस्ट नै महान हुन भन्ने सन्देश राखिएको छ।
सरकार इसाई धर्मको प्रचारमा लागेको उनको आरोप छ। हिन्दु धर्मको रक्षाका लागी सबै ओमकार परिवार एकताबद्ध भएर लाग्नुपर्ने उनले जनाए ।


















