पक्राउ परेका नेविसंघका कार्यक्रताले प्रहरी परिसर भित्रै धर्ना दिए

142

 काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृ संगठन नेविसंघले पारित भएको चिकित्सा शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका नेविसंघका कार्यक्रता प्रहरी परिसर भित्रै धर्नामा बसेका छन् ।

उपत्यकाका बिभिन्न क्याम्पसमा विरोध प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । क्याम्पस तथा नेपालटारबाट पक्राउ परेका कार्यक्रतालाई नेपाली कांग्रेसका क्षेत्रीय सभापति श्याम कृष्ण खड्कीको रोहवरमा प्रहरीले छाडेको थियो ।

पक्राउ पर्नेमा नुवाकोट अध्यक्ष उत्तम पाठकसहित सन्तोश अधिकारी , सामुदायिक क्याम्पसका अध्यक्ष परोपकार अधिकारी, रसुवाका कावा अध्यम सालिग्रा अधिरकारी, नेबि संघ नुवाकोट सदस्य पवन थापा ग्रामीण क्याम्पसका राजु अधिकारी, ग्रामीण क्याम्पसका नेता सुभास अधिकारी तथा चन्द्र रावत, बासुदेब अधिकारी, मातृका उपाध्याय, सिलास थापा तमाङ, एन आर क्याम्पसका नेता सुसान्त सिटौला, राजन ढकाल, किरन भट्टराई, धन बहादुर साही, दिपेन्द्र ढकाल, सन्तोश गुरुङलगायतका रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here