कांग्रेस र कम्युनिस्टको मुटु हल्‍लिने  गरी विवेकशील साझाको अभियान

156

काठमाडौं /  विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले अब कांग्रेस र कम्युनिस्टको मुटु हल्‍लिने  गरी संगठन निर्माण अभियान अघि बढाउने घोषणा गरेका छन्।

विवेकशील समूह अलग भएपछि शनिबार आयोजित राष्ट्रिय सन्देश भेलालाई सम्बोधन गर्दै मिश्रले यस्तो घोषणा गरेका हुन्।

उनले आगामी महाधिवेशनपछि विवेकशील साझा वैकल्पिक शक्तिका रुपमा स्थापित हुने विश्वास ब्यक्त गरे।

महाधिवेशन २०७६ फागुन १५ देखि १९ हुनेगरी मिति तय भइसकेको छ।उनले अब जनतामाझ पार्टीको भावी योजना लगेर जाने जनाए।

‘संगठन र अभियान पार्टीका दुई खम्बा हुन्’, उनले भने, ‘हामी संगठन निर्माण र अभियान जनतामाझ सँगसँगै लैजाने छौं। महाघिवेशन पछि ठुला भनिएका दलहरुको मुटु काम्‍ने छ।’

भेला आइतबारसम्म चल्ने छ। दुई दिन हुने छलफलको निर्णय भोली पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उनले विवेकशील साझाले जनाएको छ। भेलामा सातै प्रदेशका जिल्लाहरुबाट करिव ५ सय प्रतिनिधिले सहभागीता जनाएका थिए।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here