जाजरकोटमा पहिरोले घर पुरिदा एकै घरका तीन जनाको मृत्यु

150

काठमाडौं । जाजरकोटको भेरी नगरपालिका-२ तिमीमा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको छ । घरमा सुतिरहेको समयमा आइतबार विहान करिव १ः४५ बजे आएको पहिरोले दलबहादुर वलीकी ३२ वर्षीया श्रीमती पार्वती ओली, ९ वर्षीया छोरी मोतीकला ओली र ३ वर्षीया छोरी धनसरा ओलीको घर भित्रै पुरिएर मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका प्रहरी उप-महानिरीक्षक पुर्णचन्द्र जोशीले जानकारी दिए ।

बलबहादुर घर बाहिर सुतेका कारण बाँच्न सफल भएको जोशीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here