राष्ट्रिय महिला फुटबल टिमलाई विदाइ

81

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला फुटबल टिमलाई आज विदाइ गरेको छ । ललितपुरको सातदोबाटोस्थित आइतबार एन्फाले कार्यक्रम गर्दै भारतको उडिसा भुवनेश्वरमा आयोजना गरेको फोर नेशन प्रतियोगितामा भाग लिने नेपाली महिला फुटबल टीमलाई विदाइ गरेको हो । नेपाली टीम बुधबार झापा जानेछ । झापामा अभ्यास गरेर त्यतैबाट टिम भारत प्रस्थान गर्ने कार्यतालिका रहेको छ । प्रतियोगिता फेब्रुअरीको ७ देखि १७ गतेसम्म आयोजना हुने छ । प्रतियोगितामा आयोजक भारतसँगै नेपाल, श्रीलंका र म्यानमार रहेका छन् । यस प्रतियोगितालाई नेपालले आगामी मार्चमा विराटनगरमा हुने साफ च्याम्पियनसिपको तयारीको रुपमा पनि लिएको छ । त्यही साफ च्याम्पियनसिपलाई मध्यनजर गर्दै प्रतियोगितामा भाग लिन लागेको हो । साफ च्याम्पियनसिपको समूह ए मा आयोजक नेपालसँगै बंगलादेश, पाकिस्तान र भुटान रहेका छन् । त्यस्तै, समूह वि मा भने भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

नेपाली टिम

गोलकिपर – अन्जना राना मगर, एञ्जिला, सुब्बा उषा नाथ ।

डिफेन्डर – हिरा भुजेल, पुनम मगर, अमृता जैसी, गिता राना, कविता धिमाल, पूजा राना, सुनिता चौधरी, मनमाया लिम्बु ।

मिडफिल्डर – अनिता बस्नेत, बिमला चौधरी, दिपा राई, मन्जली कुमारी योञ्जन, सरु लिम्बु, शर्मिला थापा,रेनुका नगरकोटी, अनिता केसी ।

फरवार्ड – रेखा पौडेल, अनु लामा, निरु थापा (कप्तान), सावित्रा भण्डारी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here