जनमुक्ति सेनामा भर्ना खोले विप्लवले

189

 काठमाडौं / नेपालमा जनमुक्ति सेना आवश्यक रहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय जनसुरक्षा विभागले जनाएको छ ।

बहिर्गमित जनमुक्ति सेना पुनर्गठन गर्न अपिल गर्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई विभिन्न तत्वहरूले उत्तेजित बनाउने गरेको भन्दै बहिर्गमित जनमुक्ति सेनाको अधिकारको हवाला दिँदै हरियो घाँस देखाउनेहरूले नै हिजो जनमुक्ति सेनालाई निःशस्त्र पार्न न्वारनदेखिको बल लगाएको उल्लेख गरेको छ।

जनयुद्धका कतिपय विशिष्ट घटनाहरूलाई लिएर त्यसमा मानवअधिकारको रङ भरी नेपालको सार्वभौमिकतामा हस्तक्षेप गर्नु क्रान्तिकारी आन्दोलनमाथिको चलखेल हो भनेर जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here