इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानाबाट सावित्रा भण्डारी फुटबल खेल्दै

26

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार सावित्रा भण्डारीले युरोपेली क्लबबाट खेल्ने भएकी छिन् ।

सावित्राले आगामी सिजनमा लागि इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानासँग सम्झौता गरेकी हुन् । क्लबले मंगलबार नै सामाजिक संजालमार्फत उनलाई अनुबन्ध गरेको पक्का गरेको छ ।

सावित्राले आफ्नो लामो समयदेखिको युरोप खेल्ने सपना पूरा हुन लागेको हाम्रो खेलकुदलाई बताइन् । ‘मेरो लामो समयदेखिको सपना पूरा हुन आँटेको छ । मलाई लाग्छ यो मेरो करिअरको अर्को खुड्किलो हो । यो अवसरलाई सक्दो सदुपयोग गर्नेछु,’ उनले भनिन् ।

भारतीय शीर्ष डिभिजन लिगमा तहल्का मच्चाएपछि उनको चर्चा थप चुलिएको थियो । सावित्राले १० खेलमा २९ गोल गर्दै गोकुलम करालालाई लगातार उपाधि दिलाएकी थिइन् । नेपालको घरेलु फुटबलमा एकछत्र राज गरेकी उनले पहिलो पटक एसियाबाहिर खेल्न लागेकी हुन् । उनले यसअघि मालदिभ्समा पनि खेलिसकेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here