काठमाडाैं । गायक तथा संगीतकार सुमन कुमार श्रेष्ठको सक्दिन विर्सन बोल रहेको गीत सार्वजनिक भएको छ । गीतमा उनको।आफ्नै शब्द तथा संगीत पनि रहेको छ ।
सांगितिक क्षेत्रमा लामै समय बिताईसकेका तर कमै मात्र आफ्नो सिर्जना बाहिर ल्याउने मध्यका एक गायक हुन सुमन कुमार श्रेष्ठ ।
पछिल्लो समय गायान तथा संगीत संगै सञ्चारकर्मी तथा निर्देशनमा पनि सक्रिय गायक श्रेष्ठले यस भिडियोबाट संगीत संयोजक९एरेन्ज० तथा अभिनय क्षेत्रमा पनि आफ्नो पाइला अघि बढाएका छ्न ।
अभिनयमा उनलाई मोडेल तथा नायिका उर्मिला विसिले साथ दिएकी छिन ।
गायक स्वयमकै कथा तथा निर्देशनमा तयार पारिएको यस भिडियोको छांयाकन एतिहासिक नगरी किर्तिपुर लगायत काठमाण्डौको रमणीय स्थानहरुमा गरिएको छ ।
भिडियोको छांयाकन तिलक बुढाथोकी,सम्पादन निराजन के सि र मेकअप प्रिज्मा श्रेष्ठको रहेको छ ।
तेजनेपाल प्रोडक्सन तथा उर्मिला बिसिको प्रस्तुति रहेको भिडियोलाई तेजनेपाल को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

















