-महेन्द्रप्रसाद पोखरेल
एकजना सिकारु रैछन उनिलाई सबैले सिकाउंदै थिए।यसरी तान भन्दै अलि पाको देखिने महिलाले तानिन हुटुङ्गटुङ्ग अनि फेरी उसैतिर नलि फर्काइन उन्ले पनि तानि तर त्यस्तो आवाज आएन ओई भएन के ।कस्तो नजानेको फेरी अर्कीले आफुतिर सोझ्याईन र उन्ले अंझै दम लगाएर तानिन आवाज लाग्थ्यो हाम्रो गांउ तिर बडाबाले तान्दैछन
माईतिघरमा धर्ना बसेका द्वन्दपिडित सुरक्षकर्मीका परिवारहरुको जुलुस निस्कियो उनिहरु त्यहांवाट भद्रकाली तिर लागे म केही फोटाहरु खिचेर पुतलीसडक तिर हानिएं।प्राय म कमलादीको गणेशमन्दिर नेरका पसलमा चिया पिउथें तर त्यसदिन फेरी सिंहदरवार तिर जानु पनि थियो म त्यतै कतै चिया पिएर केही समय बर्बाद गर्न सोच बनाएं।
आखिर त्यतिकै बसेर समय कटाउन सबै भन्दा मुश्किल लाग्छ मलाई।पुतलीसडकको एउटा क्याफेमा गएं म त्यहां पहिला पनि गएको हुं।बाहिरवाट खानाका परिकार र चिया कफि मात्रै पाइने जस्तो लाग्ने उक्त क्याफे आज भने फरक थियो।
म प्राय बस्ने भित्र पट्टीको सोफामा गएर बसेँ मेरो अगाडी पटीको सोफामा ६ जना युवतीहरु थिए पहिला देखी नै उनिहरु हुक्का तान्दै थिए त्यस्मा एक जना सिकारु रैछन उनिलाई सबैले सिकाउंदै थिए।यसरी तान भन्दै अलि पाको देखिने महिलाले तानिन हुटुङ्गटुङ्ग अनि फेरी उसैतिर नलि फर्काइन उन्ले पनि तानि तर त्यस्तो आवाज आएन ओई भएन के ।कस्तो नजानेको फेरी अर्कीले आफुतिर सोझ्याईन र उन्ले अंझै दम लगाएर तानिन आवाज लाग्थ्यो हाम्रो गांउ तिर बडाबाले तान्दैछन ।
अर्कीले आफ्नो अनुभब सुनाउन थालिन पहिलो पटक मैले हुक्का तानेर घर गाको दाईले थाह पाएछन अनि कम्ती कराको होईन ।छेउकै अर्कीले थपिन ह्याा हुक्का पिउंदा नि के कराउने रक्सी हो र ।अर्की म त रक्सी पिएको दिन सके सम्म कसैको अगाडी नै पर्दिन ।
सिकारु ले फेरी तानिन अब भने उन्को तान्ने तरिका बिस्तारै फेरिंदै थियो अनि आवाज पनि टिररर आउंदै थियो।हेर्दै कलात्मक तरिकाले बनेको उक्त हुक्कामा कति तमाखु थियो कुन फ्लेबर थियो म अनभिज्ञ नै थिएं।
म यतिन्जेल सम्म चिया नै पिईरहें उनिहरुले म तिर एक पटक पनि नजर घुमाएनन।बरु कोही नभएको जस्तो गरेर बिन्दास टाईपका गफ गरिरहे। म निस्किएं।
स्थान फरक नाम चलेको रेष्टुरेण्ट !
कतै पनि हुक्का छ भन्ने लेखिएको छैन । म भित्र पस्छु र कफि अर्डर गर्छु म भन्दा केही पर आवाज नसुनिने ठांउ एक हुल बसेका छन साथमा हुक्का छ ।मोबाईलमा धुवांको फोटो खिच्दै छन तश्बिर पनि धुवां को आकार बमोजिम कस्ले कति ठुलो धुवां निकाल्ने भन्ने होड होला सायद ।युवतीहरु हांसेको मात्र सुनिन्छ मसतै छ हांसो पनि ।धुवां संगै गफ पनि हुंदो हो तर गफ भने खाषै बुझ्न नसक्ने छ किन कि अलि दुरीमा छु म ।
पहिरन पनि गज्जबकै छ ।सायद जाडो कम लाग्दै होला उनिहरुलाई तर म कठ्याङ्ग्रीएको छु।
उनिहरु धुवांमा उंडिरहेका छन उंडाईरहेका छन ।खुल्ला आकासमा उंड्ने पक्षी हुन सायद ।बेफिक्रीको हांसो छ अनि एउटा रहर लाग्दो उमेर छ उनिहरुको ।मलाई त्यो धुवाँहरुमा कता कता बाटो हराएको यात्री संग तुलना गर्न मन लाग्यो यो उर्जाशिल उमेर अनि यो समय आखिर किन होला यस्तो भन्ने सोचाई आईरह्यो फेरी सोचें कुनैबेला यसो मिलजुल र बसाई हुंदै गर्दा सायद रिफ्रेस पनि त चाहिन्छ मान्छेलाई जिवनशैली सबैको आ आफ्नै मलाई के थाह उनिहरु संधै थोडि न आंउछन होला र ।आफै प्रश्न गर्दै उत्तर दिंदै बसें म ।
काउण्टरमा पैसा दिने बेला सोध्न मन लाग्यो भाइ यि युवतीहरु संधै आउंछन यता हुक्का तान्न भाइले मेरो प्रश्न झर्न नपाउंदै उत्तरको ओईरो लाए आउंछन नि धनि बाउका बिग्रेका छोरीहरु ।
म एक खित्को हांसे अनि हिंडें।
मलाई युवाहरुले हुक्का तानेको किन लेखिनस भन्ने नि कुरा आउन सक्छ तर मैले देखेको छु युवाहरुले पिएको पनि तर यहां यहि बिषयमा रहेर म आफुले देखेको घटनाहरु लेख्दैछु यस्को यो मतलब होईन कि म महिला मित्रहरुले हुक्का नपिउन भन्छु ।
आ-आफ्नो स्वतन्त्रता छ र जिउने तरिका छन ।भन्न मात्र यति खोजेको हो हामी संगत गुणाको फल भन्ने उक्ती मात्र त सिद्द गरेका छैनौं ।आफु पिउने हरुले सकेसम्म अरुलाई पनि पिलाउनै पर्छ भन्ने सोच नराखौं सके सम्म यस्ता चिजहरु सेवन नै नगरौँ भन्ने मात्र हो ।
हुक्का बुडापाकाहरुले गांउमा मज्जैले तान्थे पहिला हुक्का माटाको चिलिम अनि आगोको कोईला तमाखु माथि राखेर पानी भरेको हुक्का टररर तान्दा मलाई पनि खुब उत्सुकता जाग्थ्यो ।अहिले आएर यो रिवाज गांउमा खाषै भेटिन्न तर यस्ले शहर भने छपक्कै छोपेको छ ।अरबी मुलुकहरुमा बिभिन्न स्वादमा सुर्ति र फ्लेबर सहितका हुक्का पाइन्छ अरबीहरु घरमै पनि शौखले पिउछन हुक्का ।
हाम्रो समाजमा गांउतिरवाट शहर सरेको यो हुक्का अहिले उपत्यकाका धेरैजसो रेष्टुरृेण्टमा हुक्काबारको नामले स्थान पाएको छ ।यि हुक्का बारहरुमा पनि उमेरको हद राखिनु पर्छ र कतिबेला देखी कतिबेला सम्म बिक्री गर्ने भन्ने पनि समय तोकिनु पर्छ ।कतै हुक्का ढुक्कैले तान्दै गर्दा कलिला उमेरका युबतीहरु र किशोराबस्थाका युवाहरु कुलतमै त फसिसकेका छैनन सबैको ध्यान जानु जरुरी छ।


















