एक दिवसीय सिरिजमा भारतको जित

90

भारतले न्युजिल्यान्डसँगको एक दिवसीय सिरिज दुई खेल अघि नै जित्न सफल भएको छ । पाँच खेलको एक दिवसीय सिरिज क्रिकेटको तेस्रो खेलमा घरेलु टोली न्युजिल्यान्डलाई सात विकेटले पराजित गर्दै भारतले दुई खेल अघि नै सिरिज कब्जा गरेको हो । बाय ओभलमा २४४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले ४३ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । भारतका लागि रोहित शर्माले ६३ र कप्तान विराट कोहलीले ६० रन बनाएको थियो । त्यस्तै, आम्बती रयडुले ४० र दिनेश कार्तिकले अविजित ३८ रन बनाएका थिए । बलिङतर्फ ट्रेन्ट बोल्टले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४९ ओभरमा सबै विकेटको क्षतिमा २४३ रन बनाएको थियो‍ । न्युजिल्यान्डका लागि रोज टायलरले ९३ र टोम लाथमले ५१ रन बनाएका थिए ।बलिङतर्फ भारतका मोहम्मद सामीले तीन विकेट लिए । यसअघि भारतले पहिलो खेलमा आठ विकेटको जित निकालेको थियो । त्यस्तै, दोस्रो खेलमा ९० रनको जित हात पारेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here