नेपालले भारतमा हुने अल इन्डिया गाेल्ड कप खेल्ने

10

काठमाडौं । भारतमा आयोजना हुने ‘अल इन्डिया गोल्ड कप’ क्रिकेट प्रतियोगिताका लागि नेपाल ‘ए’ क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको टोलीको कप्तानी अनिल साहले पाउनुभएको छ।

१४ सदस्यीय नेपाली टोलीमा युवा र राष्ट्रिय टोलीको अनुभव बटुलिसकेका खेलाडीको  समेटिएका छन्। नेपाल ए टिममा मयन यादव, तिर्थराज दास, देव खनाल, रसिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सर्राफ, दीपक डुम्रे, युवराज खत्री, बिपिन खत्री, ललित राजबंशी र अर्जुन कुमाल समेटिनुभएको छ।

प्रतियोगिताको समूह चरणमा नेपाल ‘ए’ ले भारतका तीनवटा प्रान्तीय टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सार्वजनिक खेल तालिका अनुसार नेपालले पहिलो खेल जेठ १६ गते केरलासँग खेल्नेछ । जेठ १७ गते दोस्रो खेल गोवा र जेठ १९ गते तेस्रो खेल ओडिसासँग खेल्दैछ ।

समूह चरणको नतिजाका आधारमा जेठ २१ गते क्वाटरफाइनल, जेठ २३ गते सेमिफाइनल र जेठ २४ गते फाइनल खेल हुने तालिका क्यानले सार्वजनिक गरेको छ। नेपाल ए टिम आगामी साता भारत प्रस्थान गर्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here