यूएई विरुद्ध नेपालको शानदार जीत

285

काठमाडौं / यूएई विरुद्धको एक दिवशीय सिरिज जितेर नेपालले इतिहास कायम गरेको छ । यूएईको घरेलु मैदानमै नेपालले पहिलो एक दिवसीय सिरिज जितेको हाे । कप्तान पारस खड्काको शतकीय पारिले नेपाललाई जीत दिलाएको छ । नेपालले तीन खेलको श्रृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको छ ।

पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा २५४ रन बनाएको थियो । विशाल स्कोरको लक्ष्य पछ्याएकाे  नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएकाे थियाे। यूएईले दिएको विशाल लक्ष्य पछ्याउँदै नेपालले ३२ बल बाँकि छदै ४ विकेटले जितेको हाे ।

टस जितेर नेपालले यूएईलाई ब्याटिङको निम्तो दिएको थियो । सुरुवातमा यूएईका खेलाडीहरु नेपाली बलरका अगाडी धरापमा परेका थिए । साहिमान अनवरले ८७ रन बनाएपछि यूएई २५४ रनको बलियो स्थितिमा पुगेको थियो । तर नेपालका कप्तान पारस खड्काले यूएईको सिरिज जित्ने सपनालाई तुहाई दिएका छन् ।

११५ रन बनाएर उनले अन्तराष्ट्रिय एक दिवसीय खेलमा पहिलो शतक बनाए । खड्काका लागि मात्र नभई नेपाली खेलाडीकै लागि एक दिवशीय खेलमा बनाएको यो पहिलो शतक हो । एक दिवसीय खेलमा पहिलो शतक बनाउने खेलाडी कप्तान खड्का बनेका छन् । नेपालका ओपनर ब्याट्म्यान ज्ञानेन्द्र मल्लले पनि ३१ रन बनाएका थिए । अन्तराष्ट्रि क्रिकेटमा पहिलो डेब्यू गरेका सन्दीप झोराले १९ रन बनाए । अन्तिममा ब्याटिङ गर्न आएका सोमपाल कामीले तीन चौक र एक छक्काको मद्दतमा २६ रन बनाउँदै खेल जिताए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here