‘एबल नेपाल ट्राभल’ लाई मलेसियन एयरलाइन्सको ‘आउटस्टयान्डिङ सेल्स एचिभमेन्ट’ अवार्ड

225

 काठमाडौं /  ट्राभल्स क्षेत्रमा प्रतिष्ठित समूहले सञ्चालन गरिरहेको एबल नेपाल ट्राभल एण्ड टुर्सलाई मलेसियन एयरलाइन्सले सम्मान गरेको छ । एबल नेपाल ट्राभल र कान्तिपुर होलिडेजले गरेको कार्यको मुल्यांकन गर्दै मलेसियन एयरलाइन्सले ‘आउटस्टयान्डिङ सेल्स एचिभमेन्ट’ अवार्डले सम्मान गरेको हो ।

एबल नेपाल ट्राभल एंव कान्तिपुर होलिडेजका सञ्चालक ठाकुर ढुंगानालाई मलेसियन एयरलाइन्सले एक कार्यक्रमको आयोजना गरि अवार्ड र प्रमाणपत्र हस्तान्तरण गरेको हो । एबल नेपाललाई सन् २०१८ भरको विक्रि तथा एयरलाइन्सलाई गरेको सपोर्टको पहिचान गर्दै सम्मान गरिएको मलेसियन एयरलाइन्सले जानकारी दिएको हो ।

‘यो अवधिमा मलेसियाको आउटबाउण्ड पर्यटनमा पनी एबल नेपाल ट्राभल्स र कान्तिपुर होलिडेज सबैभन्दा अगाडि रहेको एयरलाइन्स स्रोतले जनाए  । हाम्रो सेवा,हामीले गरेको योगदान र पर्फमेन्सको कदर गर्दै अवार्ड थाप्न सफल भयकोमा संचालक ठाकुर ढुंगानाले खुशी बेक्त गरे । ढुंगानाले थपे – टिकट विक्रिका हिसाबले पनि हामी नम्बर एक बन्न सफल भयौ र यसैको सम्मान एयरलाइन्सले हामीलाई गरेको छ । यो खुशीको क्षणमा सबै कर्मचारी तथा सहकर्मीहरुलाई धन्यवाद भन्न चाहन्छु,’ ढुंगानाले भने । ढुंगाना कान्तिपुर होलिडेजकासमेत सञ्चालक हुन् । ढुंगाना एनआरएनए आइसिसि सदस्यसमेत हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here