भारतीय दूध नेपाल भित्र्याउन थाले

224

बाँके /  नेपालगञ्ज भन्सार कार्यालयले गुणस्तर परीक्षण र भन्सार गरेर मात्रै भारतबाट दूध भित्रिन दिने नीति बनाएपछि नेपालगञ्जमा सीधा बाटोबाट दूध भित्रिन छाडेको छ । भारतीय दूध व्यवसायीले छोटी नाकाबाट नेपालगञ्जमा दूध भित्र्याउन थालेका छन् ।

व्यवसायीले बिहान ल्याइरहेको दूध अहिले दिउँसो ल्याउने गरेका छन् । भारतबाट नेपालगञ्जमा भित्रिने दूध गुणस्तरहीन भएको व्यापक गुनासो आएपछि भन्सारले उक्त नीति अघि सारेको हो ।

‘नेपालमा गुणस्तरहीन दूध आइरहेको भन्ने गुनासो आएपछि हामीले गुणस्तर परीक्षण गरेको प्रतिवेदन देखाई भन्सार गरेर दूध भित्र्याउन भनेका छौँ”, भन्सार प्रमुख निरौलाले भन्नुभयो, ‘गुणस्तरहीन दूध ल्याएर जनस्वास्थ्यमा खेलबाड गर्न त पाइएन नि ?’ भारतबाट नेपालगञ्जमा दैनिक एक हजार ३०० लिटर दूध आउने गरेको छ ।

भारतबाट भित्रिने दूधको गुणस्तर राम्रो नभएको बेलाबेलामा आवाज उठ्ने गर्दछ । नाकामा सशस्त्र प्रहरीले पनि दूधको गुणस्तरीयता जाँचेर मात्रै भित्र्याउन केही दिनदेखि भारतीय व्यवसायीलाई सम्झाउने काम गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here