सुमधुर स्वरका धनी गायक सुरेन्द्रका दुई गीत सार्वजनिक

247

गायक सुरेन्द्र राईले आफ्नै स्वर र शब्दमा दुईवटा गीत सार्वजनिक गरेका छन् ।

सुमधुर स्वरका धनी  गायक सुरेन्द्र राईको आफ्नै स्वर र शब्दमा एकान्तमा रुदै बस्छु र  तिम्रो छेउ बस्दा खुशी लाग्छ सारा…भन्ने गीतको बोल सार्वजनिक गरिएको हो ।

गायक राईको एकान्तमा भन्ने एल्बममा यी दुई गीत समावेश गरिएको छ ।

बुवा मान बहादुर राई र आमा इन्द्रमाया राईका कोखबाट संखुवासभा सितालपार्टी खार्तुवा नगरपालिका ११मा उनी जन्मीएका  राई सानै देखि गायन क्षेत्रमा रुची राख्थे । उनी जीवन र जगतलाई संगीतमा भर्ने मात्र होइन स्वर र शब्दमा कोरेर श्रोताहरुलाई उपहार दिन चाहान्छन् ।

गायक राईको पहिलो गीत एकान्तमा रुदै बस्छु सार्वजनिक गरिसके लगत्तै उनले दोस्रो गीत तिम्रो छेऊ बस्दा खुशी लाग्दा सारा…. सार्वजनिक गरेका हुन् ।   उनले सार्वजनिक गरेको गीतमा गायिका शीला राईले साथ दिएकी छिन् भने राईको दुवै गीतको संगीत भर्ने कार्य रुद्र श्रेष्ठले गरेका हुन् ।

यति बेला उदयमान गायक सुरेन्द्र राईको गीतले बजारमा चर्चा कमाएको छ । दुई वटा गीत बजारमा आई सकेपछि उनका तीन वटा गीत सार्वजनिक हुने तयारीमा छन् । आफै गाउने, शब्द लेख्ने र संगीत भर्न समेत प्रखर बहुप्रतिभावान गायक राईले भविष्यमा श्रोताहरुको चाहना अनुसार आफ्नै मौलिक पनमा गीत पस्कीने  स्भाविमान अनलाइनलाई जानकारी दिए।

उनले सार्वजनिक गरिएको आफ्नो उक्त गीत श्रोताहरुलाई  धेरै भन्दा धेरै माया गरिदिन पनि अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here