सुर्खेत / नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिगले सर्खेतका भ्रष्ट कर्मचारीलाई कालोमोसो दलेको छ ।
क्रान्तिकारी युवा लिग, नेपाल सुर्खेतको एक टोलीले जिल्ला मालपोत कार्यालयका भ्रष्ट सुचना अधिकृत नरबहादुर घर्तीलाई कालोमोसो दलेको विज्ञप्तीमार्फत जानकारी दिए । यसअघि क्रान्तिकारी युवा लिगले वाडबडी घोटालाका मुख्य दोषी सुगतरत्न कंसकारलाई कालोमोसो दलेर भ्रष्टाचारीमाथि कारबाहीको सुरुवात गरेको जानकारी दिएका थिए ।
सुर्खेतका युवा नेता हिमाल शाहीले दिएको जानकारी अनुसार भ्रष्ट कर्मचारीको रुपमा बदनाम घर्तीलाई उनकै कार्यकक्षमा कालोमोसो दलिएको हो । उनलाई युवा लिगको टोलीले ३:३० मा कालोमोसो दलेको शाहीले जनाए । क्रान्तिकारी युवा लिगले देशैभर यो अभियान चलाउने जनाएको छ ।


















