‘सङ्घीयता कार्यान्वयनले मात्र शहीदका सपना पूरा हुन्छन’

85

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शहीदको रगतले लेखेको इतिहासको सम्मान उनीहरुका सपना पूरा गरेर मात्र हुने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार आयोजित शहीद दिवस कार्यक्रममा मुख्यमन्त्री शाहीले विसं २००७ को जहानियाँ राणा शासन अन्त्यका लागि हाँसीहाँसी जीवन बलिदान दिने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द ठाकुर र गंगालाल श्रेष्ठजस्ता वीर शहीदले नेपालमा प्रजातन्त्र ल्याएको बताए ।

चार शहीदका साथै विभिन्न कालखण्डमा जनताको व्यवस्था परिवर्तन जीवन आहुति दिने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति उनले श्रद्धाञ्जलि प्रकट गर्दै भने, “अब मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आइसकेको छ,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “यसको सही कार्यान्वयनले मात्र शहीदका सपना पूरा हुन्छ ।”

वर्तमान सरकार शहीदको सपनाले जन्माएको व्यवस्थाको संस्थागत लागि परेको उनको भनाइ थियो । नयाँ व्यवस्थाका खातिर जीवन उत्सर्ग गर्ने सपूत सधै अमर रहने भन्दै उनले मुलुकको विकास, शान्ति र समृद्धिका लागि हरेक नेपालीले इमान्दार, नैतिकवान र कर्तव्यनिष्ठ भएर अघि बढ्नु्पर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here