अध्यक्ष दाहालको सचिवालयको ध्यानाकर्षण

104

काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भेनेजुयलाको राजनीतिक सङ्कटको विषयलाई लिएर अतिरञ्जित तवरले तोडमोड गरिएकामा ध्यानाकर्षण भएको जनाएको छ ।

अध्यक्ष दाहालको सचिवालयले आज विज्ञप्तिमार्फत पार्टी अध्यक्ष र नेपाल सरकारद्वारा जारी वक्तव्य नै आधिकारिक भएको स्पष्ट पारेको छ ।

केही सञ्चारमाध्यमले विषयलाई अतिरञ्जित ढङ्गले तोडमरोड गरी भ्रम सृजना गर्न खोजेको प्रति सचिवालयले आपत्ति प्रकट गर्दै सचिवालयले भ्रामक र कपोलकल्पित समाचारको पछि नलाग्न सबैमा आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here