अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा

92

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा पर्न सफल भएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले प्रदान गर्ने फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा उनी परेका हुन्।

फेब्रुअरी महिनामा गरेको प्रदर्शनका आधारमा दीपेन्द्रसँगै यूएईका भृत्य अरविन्द र भारतका श्रीयास आयरलाई पनि मनोनयनमा राखिएको छ।

मनोनयनमा पर्न सफल खेलाडीलाई जिताउनका लागि अनलाइन भोटको खाँचो पर्दछ। आईसीसीमातहतको एउटा स्वतन्त्र आईसीसी भोटिङ एकेडेमी र विश्वभरका समर्थकले सामाजिक सामाजिक सञ्जालमार्फत् गरेको भोटले उत्कृष्ट तीन जनामध्ये एक जनालाई विजेता घोषणा गरिनेछ।

दीपेन्द्रले चार देश सम्मिलित टी२० आई सिरिज र टी२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेका थिए। दीपेन्द्रले ओमानमा सम्पन्न चार देश सम्मिलित टी२० आई सिरिजमा ओमानसँगको खेलमा ७३ रनको अविजित इनिङ्स खेलेका थिए।

यता, युएईसँग ४१ र आयरल्यान्डसँग २८ रन बनाउनुको साथै ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here