काठमाडौं / विप्लव नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी (नेकपा) निकट अखिल क्रान्तिकारीले एनसेलले राज्यलाई तिर्नुपर्ने ७२ अर्ब कर तत्काल तिर्न चेतावनी दिएको छ।
बिहिबार अखिल क्रान्तिकारी रुपन्देहीले कालो ब्यानरसहित विरोध सभा गर्दै तत्काल कर तिर्न र नतिरे टावरहरु ध्वस्त पारिदिने चेतावनी दिएको हो।
रुपन्देहीको मुर्गियास्थित मुर्गियाचोकमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष रमेश गैरेले ऐनसेलले नेपालमा कर नतिरे ७७ वटै जिल्लामा रहेका ऐनसेल टावर ध्वस्त पार्ने चेतावनी दिँदै ५५ बटै जिल्लामा जनकारबाही पहिले पनि भएको र अब पनि नेपाल सरकारलाई तिर्नुपर्ने कर नतिरे त्यसको हिसाब किताब छिटै हुने जानकारी दिए ।
जनताले मकै बेच्दा, बाख्रा र भैसी बेच्दा कर संकलन गरिरहेको सरकार एनसेलले ७२ अर्ब नतिर्दा पनि चुपचाप बसेको भन्दै यस्तो आफूहरुलाई सह्य छैन, एनसेललाई तत्काल करको दायरामा नल्याए परिणाम राम्रो नआउने उनको भनाई थियो।
यसैगरी अखिल क्रानितकारीका उपाध्यक्ष गोपाल रोक्काले एनसेलसँग नेताहरुले चुनावखर्च लिएर कर नदिने सम्झौता गरेको भन्दै एनसेलसँगै चुनाव खर्च उठाएका नेताहरुलाई पनि कारबाही गर्ने चेतावनी दिए ।
त्यस्तै संगठनले ऐनसेलको कर छलीको विषयलाई लिएर बिहिबारनै अर्घाखाँचीको पाणिनी बहुमुखी क्याम्पसमा विरोध सभा गरेको थियो।Bigulnews बाट साभार


















