काठमाडौं / नेविसंघले सिंहदरबारमा कालो झण्डा उडाएर विरोध प्रदर्शन गरेको छ । सरकारसँग निर्मला पन्तलाई न्याय र डा केसीको जीवन रक्षाको माग तथा भ्रष्टाचार नियन्त्रणको माग राख्दै नेविसंघ विरोधमा उत्रिएको हो ।
नेविसंघले बेलुनमा कालो झण्डा झुण्डाएर उडाउँदै सरकारको विरोध जनाएको हो । नेविसंघले यसअघि पनि एयर्पोटमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएको थियो ।
नेविसंघले गत माग ११ गते प्रतिनिधिसभाबाट डा. केसीसँग गरिएको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि त्यसको विरोधमा आन्दोलनलाई तीव्रता दिएको हो । डा।केसीको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्धको आन्दोलनलाई झनै आक्रामक बनाउने नेविसंघको चेतावनी छ ।


















