काठमाडौं / फुटबल खेलाडीको भूमिकामा रहेका सुपरस्टार अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक भएको सो ट्रेलरमाअनमोलको जीवनमा आउने आरोह अवरोहलाई देखाइएको छ ।
गत वर्ष रिलिज गरिएको कृ पछि रिलिज हुन् लागेको अनमोल यो फिल्म छैठौ फिल्म हो । यो फिल्ममा अनमोल पहिलो पटक फुटबल खेलाडीको भूमिकामा देखिँदैछन् ।
यसअघि कात्तिक १६ रिलिज गर्ने चर्चा चलेपनि अब फिल्म फागुन २१ गते रिलिज हुने भएको छ। दीवाकर भट्टराई निर्देशित फिल्मको निर्माण भुवन केसीले गरेका छन् ।
यस फिल्ममा अभिनेता अनमोलले दुई नव-अभिनेत्रीसँग स्क्रिन साझेदारी गरेका छन् । उनको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् ।


















