नेविसंघ र प्रहरीबिच झडप ! आन्दोलनको अवज्ञा गरेको भन्दै सरकारी गाडी तोडफोड

148

काठमाडौं /  नेविसंघद्वारा नेपालटारमा प्रदशन,एक सरकारी गाडिमा तोडफोड गरेका छन्  ।

सरकार विरुद्ध प्रदर्शन गर्दा प्रहरी र नेपाल विद्यार्थी संघका नेताबिच झडप भएको हो ।

सरकारले माफिया पोस्ने विधेयक ल्याएको भन्दै नेपाल विद्यार्थी संघले आज नेपालटारमा प्रदर्शन गर्दै गर्दा प्रहरी र संघका नेताबिच झडप भएको नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले जानकारी दिए।

सामुदायिक क्याम्पसका अध्यक्ष परोपकार अधिकारीको नेतृत्वमा भएको आन्दोलनमा सरकार विरोध तथा नाराबाजी भएको थियो ।

आन्दोलनको क्रममा आन्दोलनको अवज्ञा गर्दै सरकारी नम्बर प्लेटको गाडी गुडेपछि  नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले गाडी तोडफोड गरेका थिए।

तोडफोडबाट सरकारी नम्बर प्लेटको गाडीमा आशिंक क्षति भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here