हिन्दी टेलिसिरीयलबाट सिधै नेपाली चलचित्रमा ‘सभ्यता गिरी’

245

काठमाण्डौ /  नेपाली चलचित्रमा नयाँ अनुहारहरु भित्रँदै गर्दा नेपाली कलाकारहरुले आफ्नो स्थान सुरक्षित गर्न निक्कै कडा मेहनत गर्नुपर्ने देखिन्छ । नेपाली चलचित्रहरु पनि दर्शकहरुको चाहना अनुरुप बन्नु पर्ने देखिन्छ । कथा एकातिर अनि कला एकातिर भईदिनाले चलचित्र हेर्ने दर्शकहरुमा वितृष्णा पैदा हुने गर्दछ ।

Image may contain: 1 person

हाल आएर केहि मात्रामै भएपनि नेपाली चलचित्रले केहि हदसम्म राम्रो बजार लिन थालेको छ । नेपालबाट कलाकारिता सिक्न भारत तर्फ लागेकी सभ्यता गिरी अहिले नेपाली चलचित्र ‘यो मायाँ कस्तो मायाँ’ मा अभिनय गरेर बसेकी छिन ।

एक्टिङमा ग्राजुएट गरेकी सभ्यतालाई नेपाली चलचित्रमा सबैभन्दा महङ्गी कलाकार पनि भनेर चर्चा गरिने गर्दछ । उनै सभ्यता सँग संचारकर्मी महेन्द्रप्रसाद पोखरेलले गरेको कुराकानीको यहाँ प्रस्तुत गरिएको छ ।

Image may contain: 1 person, sitting and outdoor

 

अभिनय क्षत्रमा कहिले र कसरी प्रबेश गर्नु भयो ?

 – बाल्यकालमा मेरो सोचाई फिल्म लाईनमा जान्छु भन्ने थिएन । गित सँगितमा रुची थियो साथै डान्स खुब मन पथ्र्यो । स्कुलमा हुने विभिन्न गति विधीहरुमा भाग लिने गर्दथेँ। जब १६ / १७ बर्षको भएँ मलाई टेक डट कम एउटा विज्ञापनमा अफर आयो त्यो विज्ञापनपछि मलाई निरन्तर यसै फिल्डमा काम गर्ने रहर बस्यो । मलाई बिस्तारै नयाँ कामहरुको पनि अफर आउन थाल्यो ।

 

तपाँई बलिउडबाट कलिउडमा आउनु भएको कि कलिउड बाट बलिउडमा जानु भएको ?

– म वास्तवमा अभिनय सिक्न नै बलिउड तिर गएकी हुँ । के एन के एक्टिङ इन्स्ट्युट बाट ग्राज्युट गरेकी छु ।

Image may contain: 1 person

अब नेपालतिरै बस्ने कि फेरी बलिउड जाने ?

– नयाँ कामहरु गरीरहेकी छु। आफ्नो देशमै राम्रो भयो भने एतै पनि बस्छु ,दर्शक श्रोताहरुले मन पराईदिनु भयो भने र राम्रा कामहरु आउँदै गयो भने निश्चय नै गर्ने पनि छु । मैले मुम्बईमा पनि धेरै शंघर्ष गरेकी छु यसर्थ पनि उताबाट पनि राम्रो कामको अफर भएमा भने छोड्दीन ।

 

के फरक छ कलिउड र बलिउडमा ?

– बलिउड एउटा ठुलो प्लेटफर्म मात्र नभएर बिश्वब्यापी उध्योगको रुपमा परिचीत छ ।बलिउड र कलिउडको बिच धेरै भिन्नता भए पनि यो दुबै ईण्डष्ट्री आ आफ्नै तरिकाले चलिरहेको छ तथापि मलाई दुबै मन पर्छ ।

Image may contain: 1 person, standing, shoes and outdoor

 

तपाईलाई सबैभन्दा महङ्गी कलाकार भनेर चर्चा गरिँदैछ तपाँईको पारिश्रमीक कति हो ?

 – मलाई यो चलचित्रको कथाबस्तु धेरै मन परेकोले मैले यो चलचित्र गरेकी हुँ । हो यस्मा मैले राम्रो पारिश्रमीक पाएकी छु।Image may contain: 1 person, smiling, standing

 

तपाईलाई के लाग्छ कलिउडमा तपाईको भबिश्य छ कि बलिउड नै जानु हुन्छ ?

– अहिले नै यसै हुन्छ भन्न सकिन्न तर मलाई दुबै तिर मेरो आफ्नो भविष्य छ जस्तो लाग्छ ।

 

एउटा चलचित्र हिट हुन के के चाहिन्छ जस्तो लाग्छ ?

 – मुख्यतः चलचित्रको कथा तथा लेखन राम्रो हुन पर्छ अनि सिनेम्याट्रोग्राफी,निर्देशन, कलाकार अनि समग्रमा पुरा टिम नै राम्रो हुनु पर्छ।

Image may contain: 1 person

 

तपाईले अभिनय गरेको यो मायाँ कस्तो मायाँमा के यो सबै कुरा छ ?

 – हो यो चलचित्र बास्तबमै एक प्याकेज बनेको छ यस्मा ड्रामा रोमान्स,कथा सबै राम्रो छ दर्शकले यो चलचित्रबाट एउटा पुरा स्वाद पाउन सक्ने छन ।

Image may contain: 1 person, smiling, hat and closeup

एउटा फरक सन्देश सम्पुर्ण तपाईका शुभचिन्तकहरुलाई के भन्न चाहनुहुन्छ ?

– सर्वप्रथम हाम्रो पहिलो गित मनपराईदिनु भएकोमा सबैमा हार्दिक धन्यबाद दिन चाहन्छु साथै यो चलचित्रबाट मैले धेरै अपेक्षा गरेकी छु यहाँहरुको मायाँ ममता र सहयोगको आशा पनि गरेकी छु ।

Image may contain: 2 people, text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here