एजेन्सी/चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा हडर्सफिल्डलाई फराकिलो गोलअन्तरले हराएको छ । शनिबार भएको खेलमा घरेलु टोली चेल्सीले हडर्सफिल्डलाई ५–० गोलअन्तरले हराउन सफल भएको हो । जितका लागि चेल्सीको गोन्जालो हिगुइन र इडेन हजार्डले समान २–२ गोल गरेका थिए । त्यस्तै, डेभिड लुइजले एक गोल गरे। खेलमा चेल्सीका हिगुइनले १६ औं मिनेटमा गोल पहिलो गरेका थिए । भने ४५ औं मिनेटमा चेल्सीकै हजार्डले पेनाल्टीबाट दोश्रो गोल गर्न सफल भएको थियो । खेलको पहिलो हाफमा २–० गोलअन्तरले अघि रहेको चेल्सीले दोस्रो हाफमा थप तीन गोल गर्दा हडर्सफिल्डले भने कुनै प्रभावकारी प्रदर्शन गर्न सकेन । ६६ औं मिनेटमा हजार्डले दोस्रो गोल गर्दै चेल्सीलाई ३–० अन्तरले अगाडी रह्यो भने ६९ औं मिनेटमा हिगुइनले चेल्सीलाई ४–० गोल पछि पुनः ८६ औं मिनेटमा लुइजले गोल गरेपछि चेल्सीले हडर्सफिल्डलाई ५–० गोलअन्तरले पराजित गर्न सफल भएको हो । लिगअन्तर्गत नै भएका अन्य खेलमा क्रिष्टल प्यालेसले फुलहमलाई २–० ले, वुल्भ्सले एभर्टनलाई ३–१ ले र कार्डिफ सिटीले बर्नेमाउथलाई २–० गोलअन्तरले पराजित गरेको छ । त्यस्तै, बर्नली र साउथह्याम्पटन १–१ गोलको बराबरी रोकिदा ब्राइटन र वाटफोडले गोलरहित बराबरी खेलेका छन् । यो जितपछि चौथो स्थानमा रहेको चेल्सीको २५ खेलबाट ५० अंक भएको छ । हडर्सफिल्डको भने २५ खेलबाट ११ अंक रहेको छ ।

















