काठमाडौं / ग्लोबल आइएमई बंैक लि. ले विदेशबाट नेपाल भित्रिने रेमिट्यान्सलाई सेभिङ्गमा बदल्ने उद्धेश्य अनुरुप ग्लोबल आइएमई बैंकको रेमिट्यान्स डिपोजिट बचत खाता खोल्दा ग्राहकलाई बोनस व्यालेन्स स्वरुप रु ५०० उपलब्ध गराउने भएको छ ।
विदेशबाट नेपालमा भित्रिइरहेको रेमिटयान्सबाट लाभग्राहीले आवश्यक पैसा मात्र निकालेर बाँकी रकम बचतका साथै व्याज आर्जन होस भन्ने उद्धेश्यका साथ बैंकले यो योजना अगाडी सारेको हो । श्रमका लागि विभिन्न देशमा जाने नेपाली कामदारले विदेश जानुअगाडी रेमिट्यान्स बचत खाता खोल्न सक्नेछन भने विदेशबाट निरन्तर रुपमा रेमिट्यान्स प्राप्त गर्ने लाभग्राहीले समेत यो खाता खोल्न सक्नेछन् ।
ग्राहकले ग्लोबल आइएमई बैंक लि. का जुनसुकै शाखाबाट रेमिट्यान्स बचत खाता खोलेपछि बैंकले ग्राहकले खोलेको नयाँ खातामा बोनस रकम जम्मा गरिदिनेछ ।
ग्लोबल आइएमई बैंक लि. आम नागरिकमा बचत गर्ने बानीको बिकास गराउनको लागि प्रोत्सहान गर्ने उद्धेश्यले विभिन्न समयमा यस्ता योजनाहरु अगाडी सार्दै आएको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।
















