बिहीबारको प्रदेश सभा बैठकमा प्रदेश २ की सांसद करिमा बेगमले छोरीहरूको विवाह १६ वर्षसम्म गरिसक्नु पर्ने जनाएकी छन्।
सत्तारूढ संघीय समाजवादी फोरमकी सांसद बेगमले २० वर्ष पुगेपछि मात्रै छोरीको विवाह गर्नुपर्ने कानून ल्याएर गल्ती भएको जनाइन्। संघीय सरकारकी पूर्वमन्त्रीसमेत रहेकी बेगमले कानुनविपरित हुनेगरी अभिव्यक्ति दिएकी हुन्। उनले भनिन्, ‘छोरीहरूको बिहेको लागि २० वर्षसम्म प्रतीक्षा गरियो भने बिग्रने डर भएकोले १६ वर्षभित्रै बिहे गर्नु उपयुक्त हुनेछ।’
यसअघि पनि बलात्कारबारे बेगमले विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। युवतीले लगाउने छोटो कपडाका कारण बलात्कारका घटना बढेको उनको तर्क थियो।
प्रदेश सरकारले नै छोरीहरूको सामूहिक विवाहको आयोजना गर्नुपर्ने बेगमको सुझाव छ। ‘यसबाट गरिब आमाबुवाले आफ्नो छोराछोरीको बिहे कम खर्चमै गर्न सक्छन्,’ उनले भनिन्।


















